९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

सुनको भाउमा उच्च गिरावट, यस्तो छ प्रतितोला मूल्य


१९ वैशाख, काठमाडौं। साताको चौंथो काारेबारको दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ८५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार ११:२६