८ जेष्ठ २०८१, मंगलवार | Tue May 21 2024

प्रधानमन्त्रीले नियुक्त गरे मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति


१८ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् ।विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलिया नियुक्त भएका प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १७:२१