१२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026

पाेखराकाे गुप्तेश्वर क्याम्पस सेनेटरी प्याडयुक्त कलेज घाेषणा

१३ मंसिर, पाेखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पाेखरा सेनेटरी प्याड युक्त क्याम्पसका रुपमा घाेषणा भएको छ। लैङ्िगक हिंसा बिरुद्ध १६ दिने अभियानकाे सन्दर्भ पारेर उक्त घाेषणा गरिएकाे हाे । क्याम्पसमा ३ अगाडिदेखि पुरानो भवनमा सेनेटरी प्याड ब्यवस्थापन गरिएता पनि नयाँ भवनमा बुधबार घाेषणा गरिएको हाे ।

कार्यक्रममा उद्घाटन गर्दै प्रमुख अतिथि वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले वडा भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरुमा चाडैनै सेनेटरी प्याड युक्त शैक्षिक संस्थाका रुपमा घाेषणा गरिने प्रतिवद्दता जनाउनु भयाे ।

   

त्यसै कार्यपालिका तथा वडा सदस्य राधिका शाहीले क्याम्पसले प्रशंसनीय कार्य गरेकाे भन्दै वडावाट समेत सहयाेग गर्नेमा जाेड दिनुभयाे ।
सामाजिक अभियन्ता तथा अग्रज पत्रकार सुष्मा पाैडेलले सेनेटरी प्याडकाे अभियान कसरी र किन सुरु गरियाे लगायतका विषयमा सहजिकरण गर्नुभएको थियाे । उहाँकै पहलमा केहि वर्ष पहिला सम्पुर्ण एसएलसी केन्द्रहरुलाइ सेनेटरी प्याड युक्त जिल्लाका रुपमा कास्कीलाइ घनेषणा गरिएकाे थियाे भने १९ वटा जिल्लाका सेन्टरहरुमा व्याड व्यवस्थापन गरिएको थियाे ।

क्याम्पस प्रमुख प्रा. धर्मराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष टङ्कराज अधिकारीले र संचालन जमुना अर्यालले गर्नुभएको थियाे । क्याम्पसकाे अायाेजना वडाकाे सहयाेग र सामाजिक जागरणका लागि नारि अभियानकाे पहलमा उक्त कार्यक्रम गरेपछि विद्यार्थीहरु खुस हुदै अन्य कलेजहरुमा पनि यस्ता कार्यक्रम अायाेजना गर्नुपर्नेमा जाेड दिएका थिए ।

विद्यार्थीका तर्फबाट मिना नेपालीले बाेल्नुभएकाे थियाे भने कार्यक्रममा वडा सदस्य वैकुण्ठ भण्डारी , शान्तादेवी गुरुङ, तारा सेवा, शिक्षा समिति सदस्य झपिन्द्रराज रेग्मी,लाल बहादुर राना, क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, गुप्तेश्वर व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद पाैडेल लगायत सदस्यहरु, कर्मचारी र विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : November 29, 2018 at 12:30 pm