सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी टीका थापा बनिन् कृषि मन्त्री
१८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार गरिएको छ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन् ।
प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलवार १३:५९