३ जेष्ठ २०८१, बिहीबार | Fri May 17 2024

गर्मी बढेसँगै सेन्साई ब्राण्डका एयर कुलरको माग ह्वात्तै बढ्यो


१७ वैशाख, काठमाडाैं । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको छ । टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरु रहेकाे कम्पनीले जनाएकाे छ ।

तराईमा ह्वात्तै गर्मि बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टि.भी. र वासिङ मेसिन पनि रहेको छ । ग्राहक वर्गहरुलाई सजिलो पहुचहोस् भनी मध्यनजर गर्दै नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरु मार्फत विक्री वितरण गर्दै आएको कम्पनीले जनाएकाे छ । साथै विक्रीपश्चातको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ । चौधरी ग्रुपअन्तर्गत इ.ओ.एल. प्रा.ली. ले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १७:४७