२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

रामेछाप उडेको सिता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण


१७ वैशाख, काठमाडौँ । रामेछापका लागि उडेको सीता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौँमा फर्काएर आकस्मिक अवतरण गरिएको छ । आज बिहान काठमाडौँबाट रामेछापका लागि उडेको उक्त जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सुरक्षित रुपमा अवतरण भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।

उनले भने, “रामेछापका लागि बिहान उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजमा हाइड्रोलिक समस्या आएपछि अहिले काठमाडौँ अवतरण गराई प्राविधिक जाँच भइरहेको छ ।” हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुने गरेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १७:०९

https://srdb.com.np/