१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

चारतारे युथ कांग्रेसले जोर बिजोर प्रणालीको अवज्ञा गर्ने

१३ मंसिर, काठमाडाैँ । लोगोमा चार तारा राखेको युथ कांग्रेस नेपालले यातायातका साधनमा लगाएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आह्वान गरेको छ। युथ कांग्रेसले मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटलाई लक्षित गरेर बिहीबारदेखि घोषणा गरिएको जोर बिजोर प्रणालीको अाफूले अबज्ञा गर्ने र अारूलार्इ पनि गर्न अाग्रह गरेको छ ।

युथ कांग्रेसका नाममा राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले विज्ञप्ति मार्फत अन्तराष्ट्रिय ग्रैह सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा राज्यले जनतालाई दुख दिने काम गरेकोले गम्भीर आपत्ति रहेको बताएका छन । विज्ञप्तिमा भनिएको छ –’आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ति व्यहोर्नुपर्ने ? सामाजिक सुरक्षा योजनाका नाममा नयाँ युग सुरु भएको ढोंग देखाउने ओली सरकारलाई यस्ता निर्णयले गिज्जाइरहेको छ।’ जिम्मेवार राज्यले गर्न नसुहाउने, रहस्यमय र अस्वभाविक निर्णयको सबैले अवज्ञा गर्नुपर्ने बताइएको छ।

प्रकाशित मिति : November 29, 2018 at 9:40 am