१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

इलाम २ मा एमालेका सुहाङ नेम्बाङ ४५२३ मतले अगाडि


१७ वैशाख, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो नतिजाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।

३० हजार ५६३ मत गणना हुँदा एमालेका नेम्बाङले १२,४०५ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ७,८८२ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७,७६९ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १६३६ मत ल्याएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार १३:५३

https://srdb.com.np/