३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

आगो नियन्त्रणको प्रयास प्रभावकारी हुँदा गुल्मीमा सिंगो गाउँ खरानी हुनबाट जोगियो


१७ वैशाख, काठमाडौँ । आगो नियन्त्रणको प्रयास प्रभावकारी हुँदा गुल्मीमा एउटा सिंगो गाउँ खरानी हुनबाट जोगिएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ७ मा दिपक मावि र वरपर बाक्लो बस्तीको नजिक लागेको आगो समयमै नियन्त्रणमा लिन सकेका कारण ठूलो क्षतिबाट जोगिएको हो ।

यद्यपी आगोले दुईवटा घर जले पनि मानवीय क्षति भने हुन नपाएको नेकपा माओवादी केन्द्रका नेता एवं प्रधानमन्त्रीको जनसम्पर्क विज्ञ बुद्धि जिसीले जानकारी दिए । जिसीले सबैको प्रयत्न र प्रयासबाट ठूलो क्षतिबाट जोगउान सफल भएको बताए ।

आगलागी नियन्त्रणका लागि समयमै सुरक्षाकर्मी परिचालन गरेर पानीसहितको ट्यांकर उपलब्ध हुँदा सहयोग पुगेको जिसीले बताए । आजै गुल्मीमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक पछि आगलागी पीडितका लागि राहत र पुनस्थापनाको निर्णय लिइने पनि जिसीले बताएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै भनेका छन, ‘हाम्रो गाउँमा हुन लागेको ठुलो क्षतीलाई अांशिक क्षतीमा सीमित गर्न सफल भएका छौं । मदाने ७ गुल्मीमा दिपक मावि र वरपर बाक्लो बस्तिमा लागेको आगो नियन्त्रण गरिएको छ । उक्त कार्यमा समयमै सुरक्षा बल उपलव्ध गराउनु हुने प्रजिअ, सुरक्षा कर्मी, ट्यांकर र पानी उपलव्ध गराउनु हुने अर्घाखॅाचीका निर्माण व्यावसायी नारायण, आगलागी नियन्त्रणमा खट्नु हुने दिपक माविका गुरुहरु बिध्यार्थी भाइ बैनिहरू भनभनेका सयाैँ दाजुभाइ दिदीबहिनीहरु र मदाने गापाका जनप्रतिनिधी तथा कर्मचारी साथीहरुमा हार्दिक धन्यवाद व्याक्त गर्दछु  आगलागी पिडीत परिवारको क्षति प्रति दुस्ख व्याक्त गर्दै आजै राहत र अस्थायी बासको व्यावस्था हुने जानाकारी गर्दछु ।’

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ११:१८