२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

इलाम २ को उपनिर्वाचनः घण्टीले पनि कटायो एक हजार मत


१७ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको जारी मतगणनामा सत्तारूढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले पनि एक हजार मत कटाएको छ । २५ हजार भन्दा बढी मत गणना हुँदा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले १३८५ प्राप्त गरेका छन । लिम्बुले पहिचानवादी उम्मेदवार डेगेन्द्र थेगिमलाई भेट्न पनि कठिन देखिएको छ । थेगिमको मुढाले ४६३४ मत प्राप्त गरेको छ ।

यस्तै एमालेका उम्मेदवार सहाङ नेम्वाङले निरन्तर अग्रता बढाउँदै लगेका छन । जारी मतगणनामा सुहाङ नेम्वाङले ९००५ मसहित अग्रता लिइरहेका छन । नेपाली कांग्रेसका डम्बर खड्काले ६३०२ मतसहित सुहाङलाइ पछ्याइरहेका छन ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०९:२९

https://srdb.com.np/