१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

बझाङमा ५० प्रतिशत मतगणना सकियो, कांग्रेसका सिंहको अग्रता सूरू


१७ वैशाख, बझाङ । बझाङ १ ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता सुरू गरेका छन । एमालेका दमन भण्डारीलाई २६४ मतले पछि पार्दै सिंहले अग्रता लिएका हुन । सिंहले ७४९२ मत प्राप्त गरेका छन ।

त्यस्तै भण्डारीले ७२२८ मत प्राप्त गरेका छन । हसिया हथौडाले २८९५ मत प्राप्त गरेको छ । कलमले २१०२ मत प्राप्त गर्दा हलोले १८१ मत प्राप्त गरेको छ ।

बझाङ प्रदेशसभा १ बाट निर्वाचित कांग्रेस सांसद पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी गत असार ५ मा निधन भएपछि रिक्त सिटमा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०६:१८

https://srdb.com.np/