१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

इलाम २ मा एमालेको फराकिलो अग्रता कायमै, संघर्ष जारी रहेपनि घण्टीलाई तेस्रो हुन कठिन


१७ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेस १९२४ मतले पछि परेको छ । कांग्रेसका उम्मेदवार डम्लाबर खड्कालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार सहाङ नेम्वाङले निरन्तर अग्रता बढाउँदै लगेका छन । फराकिलो मतान्तरसहित अघि लागेका छन ।

१७ हजार तीन सय ७५ मत गणना हुँदा सुहाङ नेम्वाङले ७ हजार ३३ मतसहित अग्रता कायम गरेका छन ।अहिलेसम्म जारी मतगणनामा कांग्रेसको रूखले ५१०९ मत प्राप्त गरेको छ । त्यस्तै पहिचानवादीको मुढाले ३५१३ मत प्राप्त गरेको छ ।

र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले पनि एक हजार मत कटाउन सफल भएको छ । घण्टीले ११०२ मत प्राप्त गर्दे तेस्रो स्थानका लागि संघर्ष गरिरहेको छ । घण्टीबाट पत्रकार मिलन लिम्बू उम्मेदवार रहेका छन ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार ०५:५२

https://srdb.com.np/