३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

इलाम २ः एमालेका सुहाङले कांग्रेसका डम्बरलाई १००१ मतले पछिपारे


१६ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको मतगणनामा नेपाली कांग्रेसको उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित अघि लागेका छन । जारी मतगणनामा फाकफोकथुम गाउँपालिकाको ६ वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १००१ मतले अग्रता कायम गरेका छन ।

तीन वटा वडाको मतगणना सकिँदा झिनो मतमा पछि परेका नेम्वाङ वडा नम्बर ४ र ५ को मतगणना सकिए लगत्तै फराकिलो अग्रता बनाउन सफल भएका हुन । अहिलेसम्म जारी मतगणनामा सूर्यले ३७८३ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसको रूखले २७८२ मत प्राप्त गरेको छ । त्यस्तै पहिचानवादीको मुडाले ७८४ मत प्राप्त गरेको छ । र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ५६१ मत प्राप्त गरेको छ । कांग्रेसबाट उम्मेदवार डम्बर खड्का र रास्वपाबाट उम्मेदवार मिलन लिम्बू रहेका छन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार २०:५१

https://srdb.com.np/