३१ बैशाख २०८१, सोमबार | Tue May 14 2024

बझाङ १ ‘क’ मा एमालेका दमनबहादुर भण्डारीको अग्रता थप फराकिलो


१६ वैशाख, बझाङ । बझाङ १ ‘क’ मा नेकपा (एमाले)का उमेदवार दमनबहादुर भण्डारीको अग्रता थप फराकिलो बनेको छ । पाँच हजार ७१९ सदर मतमध्ये एमालेका भण्डारीले दुई हजार ८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भण्डारीले ७१६ मतको फराकिलो अग्रता कायम गरेका छन ।

भण्डारीलाई माओवादी केन्द्रका जनकबहादुर बुढाले एक हजार ३७२ मतसहित पछ्याइरहेका छन् । भण्डारीभन्दा  बुढा ७१६ मतले पछि परेका छन । त्यस्तै, नेपाली कांग्रेसले पनि एक हजार २९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कांग्रेस र  माओवादी उम्मेदवारको बीचमा ८१ मतको अन्तर रहेको छ । नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले पनि ८६४ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार २०:०७

https://srdb.com.np/