३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

इलाम २ उपनिर्वाचनः फराकिलो अग्रतासहित एमालेका सुहाङ अघि लागे


१६ वैशाख, इलाम । इलाम क्षेत्र नम्बर २ मा भएको उप निर्वाचनको मतगणनामा नेपाली कांग्रेसको उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार फराकिलो मतान्तरसहित अघि लागेका छन । जारी मतगणनामा फाकफोकथुम गाउँपालिकाको चर वटा वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ३४५ मतले अग्रता कायम गरेका छन ।

तीन वटा वडाको मतगणना सकिँदा झिनो मतमा पछि परेका नेम्वाङ वडा नम्बर ४ को मतगणना सकिए लगत्तै फराकिलो अग्रता बनाउन सफल भएका हुन । अहिलेसम्म जारी मतगणनामा सूर्यले २५४२ मत प्राप्त गरेको छ । त्यस्तै नेपाली कांग्रेसको रूखले २१९७ मत प्राप्त गरेको छ । त्यस्तै पहिचानवादीको मुडाले  ५९३ मत प्राप्त गरेको छ । र राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ३७९ मत प्राप्त गरेको छ । कांग्रेसबाट उम्मेदवार डम्बर खड्का र रास्वपाबाट उम्मेदवार मिलन लिम्बू रहेका छन ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १९:२९

https://srdb.com.np/