३१ बैशाख २०८१, सोमबार | Mon May 13 2024

इलाम–२ उपनिर्वाचनः कांग्रेसको अग्रता कायमै, मतान्तर घटाउँदै एमालेका सुहाङ


१६ वैशाख, इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्‍मेदवार सुहाङ नेम्वाङले मतान्तर घटाउँदै लगेका छन्।फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङ कांग्रेसका उम्‍मेदवार खड्कासँग झिनो मतले पछि परेका छन् ।

कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ४३ मत ल्याएका छन्। एमाले उम्मेदवार नेम्वाङले एक हजार छ सय ३ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। डकेन्द्रसिंह थेगिमले चार सय ३७ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले तीन सय ५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १७:४४

https://srdb.com.np/