३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि


१६ वैशाख, काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा नेकपा एमालेका दमन भण्डारीले दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन्। यस्तै माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३६९ मत पाएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १७:२३

https://srdb.com.np/