१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

किशोरी सुतिरहेको कोठामा पसेर बलात्कार गर्ने पाेखराका युवक पक्राउ

१३ मंसिर, पाेखरा ।  माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : November 29, 2018 at 8:58 am