१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

बझाङ उपनिर्वाचनः एमालेको अग्रता कायमै

१६ वैशाख, चैनपुर (बझाङ) । फिक्कल (इलाम), १६ वैशाखः बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको वडा न १ र २ को मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्राप्त परिणाम अनुसार एक हजार छ सय ९२ मतगणना हुँदा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले सात सय ५७, नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले तीन सय ८०, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले दुई सय २६, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एक सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोर खड्काको नौ मत प्राप्त गरेका छन् भने २८ मत बदर भएका छन् ।

प्रकाशित मिति : April 28, 2024 at 4:04 pm