३० बैशाख २०८१, आईतवार | Mon May 13 2024

इलाम उपनिर्वाचनः कांग्रेस एमालेबीच प्रतिस्पर्धा


१६ वैशाख, फिक्कल (इलाम) । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सुरु भएको छ । फाकफोकथुम गाउँपालिका-१ र २ को दुई हजार आठ सय ३६ मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार एक सय ४५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत प्राप्त गरेका छन् ।

मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले दुई सय नौ मत प्राप्त गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १५:४६

https://srdb.com.np/