२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

१४.३३ अंकले बढ्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

१६ वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार २ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन पोखरा फाइनान्सको सेयरमूल्य सर्वाधिक बढेको छ। आइतबार रिभरफल्स पावरको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : 15:23