३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

इलाम २ मा मतगणना सुरू, सुरूवाती परिणाम सार्वजनिक हुन केही समय लाग्ने


१६ वैशाख, इलाम । इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरू भएको छ । सिटी हलको एक कोठामा तार जाली लगाएर गणकमात्र भित्र बस्न मिल्ने व्यवस्था गरिएको छ । यस्तै प्रतिनिधिलाई बाहिर बस्ने ठाउँ मिलाइएको छ । मतगणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

अहिले इलामको फाकफोकथुम गापा वडा १ बाट गणना सुरु भएको छ । फाकफोकथुम १ मा २४ मतदान केन्द्र थिए । फाकफोकथुममा १६,३०२ कुल मतदाता रहेकामा ९,६०४ मत खसेको छ । वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेस र ४, ५,६, र ७ नम्बर वडामा यसअघि नेपाली कांग्रेसको राम्रो मत रहेको वडा मानिन्छ ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार १२:४५

https://srdb.com.np/