२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

लोकप्रिय दोहरी गायक दलबहादुर डंगोलको ह्रदयघातबाट निधन


१४ वैशाख, काठमाडौं । नुवाकोट स्थायी घर भएका लोकप्रिय घाँसे दोहोरी गायक दलबहादुर डङोलको निधन भएको छ । डंगोलको शुक्रबार साँझ काठमाडौंमा निधन भएको परिवारले जनाएको छ ।

परिवारका सदस्यले गायक डङोलको ८५ वर्षको उमेरमा काठमाडौंस्थित गङ्गालाल अस्पतालमा निधन भएको बताएका छन । ह्दायघात भएपछि अस्पताल लगिएका डंगोलको अस्पतालले निधन भएको घोषणा गरेको थियो । उनको आजै  पशुपति अार्यघाटमा अन्त्यष्टी गर्ने तयारी गरिएको छ ।

गायक डङ्गोलको निधनले लोक गायनको क्षेत्रमा ठूलो क्षति पुगेको सरोकारवालाहरूले बताएका छन । डंगोल पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चित थिए । डंगोलका पचासौँ गीत भाइरल छन ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार २०:०३