३१ जेष्ठ २०८१, बिहीबार | Thu Jun 13 2024

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर


१४ वैशाख, काठमाडौँ ।  हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् ।

जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा कोमात्सुको एक सय ४७ हर्सपावर क्षमताको आफ्नै इञ्जिन रहेको छ । कोमात्सुका स्काभेटर चार र छ सिलिण्डर दुवैमा उपलब्ध छन् । यो स्काभेटरले अन्य स्काभेटरको तुलनमा कम इन्धन खपत गर्छ ।

यसको अघिल्लो संस्करण भन्दा यो संस्करणको मूल्य रु १० लाख कम रहेको नेपालका लागि कोमात्सु स्काभेटरको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका प्रबन्धक प्रदीप बरालले जानकारी दिए । हाइड्रो एक्स्पोमा सार्वजनिक गरिएको स्काभेटर एक्स्पो अवधिमै तीन वटा बुकिङ भइसकेको पनि बरालले बताए ।

उनका अनुसार यसमा कोमट्याक्स जडान गरिएको र यो प्रविधिलाई सजिलैसँग मोबाइलमा लिङ्कअप गरेर घरमै बसीबसी सबै गतिविधिको अनुगमन गर्न सकिन्छ । यो स्काभेटरको मेन्टिनेन्स खर्चसमेत निकै कम रहेको कम्पनीले बताएको छ । यो स्काभेटर जनरल कन्स्ट्रक्सन र हाइड्रोपावर निर्माणमा निकै उपयोगी हुने प्रबन्धक बरालको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १७:१०