२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

उपनिर्वाचनको दिन सार्वजनिक यातायात चल्न पाउने


१४ वैशाख, काठमाडाैं । निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। आयोगले उपनिर्वाचन हुने इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा सार्वजनिक सवारी साधन पनि निर्वाध सन्चालन गर्न दिने निर्णय गरेको हाे ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए। आयोगले उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ।

‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने ।’ आयोगले दिएको निर्देशनमा लेखिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १४:१६