२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन गृह मन्त्रालयको निर्देशन


१४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। कैयाैं आयोजनाहरु अलपत्र र अपुरो हुँदा सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी भएकाे गुनासो आएको भन्दै शुक्रबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई पत्र काटेकाे हाे ।

यसैगरी, मन्त्रालयले जिल्लास्थित आयोजना र योजना संचालन गर्न कार्यालय र निकायसँग समन्वय गरि हाल अलपत्र र रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण मन्त्रालयमा पठाउन अनुरोध गरेकाे छ ।

सबै जिल्ला प्रशासनलाई पठाइएको पत्रमा भनिएको छ,’मुलुकको विभिन्न स्थानहरुमा संचालित योजना तथा आयोजनाहरु पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना र योजना संचालन गर्न कार्यालय र निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्रररुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यश मन्त्रालयमा पठाउनुहुन अनुरोध छ। साथै त्यस्ता अलपत्र र रुग्ण योजना र आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय र निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्नुहुन पनि अनुरोध छ।’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार १३:४६