२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

इटा भट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैद


१३ वैशाख, राैतहट ।  इटा भट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको सजाए भएको छ । जिल्ला अदालत रौतहटले बिहीबार फैसला सुनाउँदै २०६४ साल चैतमा भएको घटनामा आलमलाइ दोषी ठहर गरेको हो ।

जिल्ला अदालत राैतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो । मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको अदालतले जनाएको छ ।

रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरिएको थियो । त्यसको अगुवाइ र नेतृत्व सांसद समेत रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमले गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार २२:२१