२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

आज घट्यो सुनको भाउ, यस्तो छ प्रतितोला मूल्य


१३ वैशाख, काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३५ हजार १५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार १०:५८