२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै


१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ।

कर्णाली प्रदेशसभा ४० सदस्य छन् । नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक सांसद छन् ।

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका कँडेल गत चैत २७ गते नियुक्त भएका थिए । मुख्यमन्त्री कँडेलले बुधबार नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार ०९:१०