२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

पर्यटन बोर्डको सीईओ छनोट तत्काल नगर्न उच्च अदालतको आदेश


१२ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कार्य तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

उच्च अदालतले सीईओ नियुक्तिका लागि छनौट गर्न गठित उपसमितिका सदस्य तथा बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनयन समेत गैरकानुनी भएको र छनौट उपसमिति पनि अवैधानिक रहेको भन्दै सीईओ छनौट कार्य रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

‘उक्त आदेशअनुसार के कसो भएको हो ? निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिम आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी न १ र २ को हकमा सरकारी वकिलको कार्यालय ,पाटन र अन्य विपक्षीको हकमा आफैं वा प्रतिनिधि राखेर लिखित जवाफ पेस गर्नु होला ।’ अदातले जारी गरेकाे परमादेशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १६:५३