२३ बैशाख २०८१, आईतवार | Mon May 6 2024

प्रधानमन्त्री प्रचण्ड र कतारी राजाबीच भेटवार्ता


१२ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम विन हमाद अल थानीबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर अल थानीबीच काठमाडौंको होटल सोल्टीमा भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। यो भेटवार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने छ ।

प्रधानमन्त्री प्रचण्डले आज दिउँसो कतारी अमिरको सम्मानमा होटल द्वारिकाजमा दिवा भोजको आयोजना गरेका छन्। मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार ११:१३