२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताले सम्मेलन स्थल घेराउ गर्ने तयारी


१२ वैशाख, काठमाडौं । पूँजीबजारका लगानीकर्ताले लगानी सम्मेलनका दिन सम्मेलन स्थल घेराउ गर्ने तयारी गरेका छन्। सरकारले देशको पूँजी बजार सुधारमा ध्यान नदिएको भन्दै सेयर लगानीकर्ताहरुले लगानी सम्मेलनमा प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

अगुवा सेयर लगानीकर्ता उपेन्द्र पाठकले सामाजिक सञ्जाल फेसबुक मार्फत लगानीकर्ताहरुलाई प्रदर्शनको तयारीमा जुट्न आव्हान गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘१६ र १७ गते हुने गइरहेको लगानी सम्मेलनमा पूँजीबजारका लगानीकर्ताहरुले सम्मेलन स्थल घेराउ कार्यक्रम गर्ने योजना बनाएका छन्। सरकार सजग रहनु होला, पूँजीबजारका लगानीकर्ता जोगाउनु होस् ।’

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार १०:३४