डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला डंगोल नियुक्त
११ वैशाख, काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मञ्जिला डंगोल नियुक्त भएकी छिन् । तत्कालिन सनराइज बैंक,मेगा बैंक र मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापकिय पदमा बसेर काम गरिसकेकी डंगोलसँग बैंकिङ क्षेत्रमा १५ वर्ष लामो काम गरेको अनुभाव छ ।
अनुसन्धान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ ।
प्रकाशित मिति : 18:09









