२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

काठमाडौं आइपुगे कतारका राजा


११ वैशाख, काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका हुन्। अमिर थानी मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमणका लागि कतारका अमिर अल थानी मंगलबार बंगलादेश हुँदै नेपाल आएका हुन् । कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार १६:१८