२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

सुनको भाउमा भारी गिरावट, यस्तो छ प्रतितोला मूल्य


११ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यमा भारी अंकको गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ५०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि अघिल्लो कारोबारको दिन सोमबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँर तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भैररहेको महासंघले जनाएको छ । सोमबार चाँदी एक हजार ७०५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलवार ११:३०