एडिलेडमा नयाँ बर्ष र चैते दशै
एडिलेड । चितवन समाज साउथ अष्ट्रेलियाले चैते दशै तथा नयाँ बर्ष २०८१को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा भित्ते पात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
स्थानिय हेन्ड्रीस्ट्रिट रिजर्वमाआयोजित कार्यक्रमका प्रमुख अतिथि एनआरएनए ओशियानाका सह संयोजक गोकुल घिमिरेले नेपाली सास्कृतिक पर्वहरु प्रवासमा पनि मनाउनाले नेपाली समुदायमा एकताको भाव बढ्ने बताए । अर्का बक्ता एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले नयाँ बर्षको शुभकामना दिदै एनआरएनएका समुदाय केन्द्रित कार्यक्रम बारे प्रकाश पारेका थिए ।
समाजका पव्लिक रिलेशन अफिसर भिम न्यौपानेद्धारा संचालन गरेको कार्यक्रममा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष उत्तम अधिकारीले प्रवासमा हाम्रा नया हुक्केका नया पुस्तालाई नेपाली चाड पर्व वारे जानकारी दिन समेत पनि कार्यक्रम आयोजना गरिएको बताए । उनले चितवन भ्रमण वर्षको प्रमोशनका लागि समेत कार्यक्रम आयोजना गरिएको बताए ।
वार्विक्यु सहित आयोजित कार्यक्रममा स्वागत मन्तव्य समाज कि सदस्य सविना आचार्यले राखेकी थिईन । प्रमुख अतिथि सहित अतिथिहरुले बिक्रम संवत २०८१ को भित्ते पात्रो बिमोचन गरेका थिए । भने गत इस्टरमा ब्रदर्श युनाईटेड फुटवल क्लवद्धारा आयोजित फुटवल प्रतियोगिताको भेट्रान्स तर्फको खेलमा समाजको तर्फबाट सहभागीहरुको सम्मेत सम्मान गरिएको थियो । कार्यक्रममा नेपालबाट अष्ट्रेलिया भ्रमणमा आएका अभिभावकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।






प्रकाशित मिति : April 21, 2024 at 5:48 pm









