२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर


९ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अमेरिकी स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पद लिएको आरोपमा उनीविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १३:०८