सानिमा जिआईसी इन्स्योरेन्सको सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य
९ वैशाख, काठमाडौं । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीको ३ लाख ६४ हजार २८६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ निर्धारण गरिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक संस्थापक सेयरधनीहरुले बीमा प्राधिकरणले तोकेको शर्तहरुको अधिनमा रहि नागपोखरीमा रहेको बिक्री प्रबन्धक कुमारी क्यापिटलमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
प्रकाशित मिति : 09:35









