१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

एनआईसी एशिया बैंकको खुद नाफा ५२.३० प्रतिशतले घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी

७ वैशाख, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो । गत वर्षकाे साेही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिसम्ममा बैंकले ८ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ९ अर्ब ९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब १५ करोड रुपैयाँ छ । बैंकको रिटेन्ड अर्निङ १ अर्ब ७२ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१७.२९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०५.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ ।

प्रकाशित मिति : April 19, 2024 at 9:26 am