२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

नेकपा एसले फिर्ता लियो सुदरपश्चिमको मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई दिएको समर्थन

४ वैशाख, काठमाडाैँ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ।

मंगलबार एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीले प्रदेश प्रमुख नजिर मियालाई एक पत्र बुझाउँदै चौधरीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको जानकारी गराएका हुन् । सोडारीले आफैँ मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको  बताइएकाे छ । यसअघि नाउपाभित्रैबाट कैलास चौधरी र लक्ष्मण किशोर चौधरीले छुट्टा छुट्टै दाबी पेश गरेपछि मुख्यमन्त्री चयन प्रक्रिया रोकिएको थियो।

मंगलबार बालुवाटारमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीबीच छलफल भएको थियो। साे छलफलमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति जुटेको थियाे ।

प्रकाशित मिति : 16:25