९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश

३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश भएको छ ।

सङ्घीयता कार्यान्वयनमा देखिएका दोहोरोपना र अस्पष्टताहरू हटाउन तथा तीन तहको अधिकारमा स्पष्टता ल्याउन विद्यमान कार्यविस्तृतीकरण परिमार्जनका लागि गठित कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलले प्रतिवेदन तयारी सम्बन्धमा संक्षिप्त जानकारीसहित प्रधानमन्त्री समक्ष प्रतिवेदन पेश गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित उक्त कार्यक्रममा नेपाल सरकार मुख्य सचिव, कार्यविस्तृतीकरण परिमार्जन सिफारिस समितिका संयोजक तथा सदस्यका साथै विषयगत समितिका पदाधिकारीको उपस्थिति थियो ।

प्रतिवेदन ग्रहण पश्चात् कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिवेदनमाथि यथाशीघ्र उच्चस्तरीय समितिमा थप छलफल गरी राष्ट्रिय समन्वय परिषद्बाट निष्कर्षमा पुर्‍याउन निर्देशन दिए ।

प्रकाशित मिति : April 15, 2024 at 4:55 pm