२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी कारागार चलान

३ वैशाख, काठमाडौं । वैवाहिक बलात्‍कार मुद्दामा निलम्बित न्यायाधीश भुवन गिरी कारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका उनलाई अदालतले कारागार कार्यालय डिल्लीबजारमा चलान गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

प्रकाशित मिति : April 15, 2024 at 12:57 pm