९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

१९ लाख ९२ हजार कित्ता सेयर बिक्री गर्दै अरुण भ्याली हाइड्रोपावर, यस्तो छ न्यूनतम मूल्य

३ चैत, काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गर्न लागेको हो।

कम्पनीले १९ लाख ९२ हजार १३४ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो। कम्पनीले आगामी वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म उक्त सेयरहरुको बिक्री आवेदन खुलाउने भएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बेनी, बुटवल, दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय तथा सिन्धु विकास बैंकको दोलखा शाखाबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : April 15, 2024 at 9:42 am