२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

पुरानो टिम सहित एडिलेड आउदै मह जोडी


एडिलेड । मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात  महजोडीको नेपालमा ९० को दशकको चर्चित आफ्नो मह संचारको टिमका महत्वपुर्ण सारथीहरु सहित `महजात्रा´ लिएर एडिलेड आउने भएका छन् ।

मह जोडीको साथमा सम्मानित वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी र कुन्ती मोक्तान आउने भएका छन् ।

जुन ७ मा एसके इभेन्ट्स एडिलेडको आयोजनामा बहुप्रतीक्षित स्थानिय आइकोनिक क्याप्री थिएटर गुडवुडमा जात्रा हुने एसके ईभेन्टका निर्देशक कमल थापा मगरले बताए ।

ऐतिहासिक क्याप्री थिएटरमा मनोरञ्जन र सांस्कृतिक उत्सवका रुपमा अविस्मरणीय साँझ हुने विश्वास लिएको निर्देशक मगरले बताए ।

गत वर्ष हरिवंश आचार्य खेलाडी सम्मानका लागि आएका थिए । भने मदन कृष्ण श्रेष्ठ झण्डै एक दशक पछि एडिलेड आउदै छन् । कार्यक्रमका लागि टिकटहरु बिक्री शुरु गरिएको जसमा स्पेशल र नर्मल गरि दुई खाले टिकट रहेको निर्देशक थापा मगरले बताए ।

एक्सपर्ट माईग्रेसन एण्ड भिषा सर्भिसेज मुख्य प्रायोजक रहेको जात्रामा दैनिकी मिडिया पार्टनर रहेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८१, आईतवार १५:२९