२०८१ को पहिलो कारोबार दिन नेप्सेमा झिनो अंकको गिरावट
२ वैशाख, काठमाडौँ । वि.सं. २०८१ को पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २ दशमलव ३५ अंकले घटेर २०३३ दशमलव ३५ को विन्दुमा बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। यस दिन ३२० स्टकको ५९ हजार ४२ पटकको कारोबारमा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ।
नेप्से घटेपनि आइतबार एक कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन श्रीजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमा नकारात्मक सर्किट लागेकाे छ ।
प्रकाशित मिति : April 14, 2024 at 3:27 pm









