वाइडवडीको विषय उठाएर नेपाल एयरलाइन्सलाई असफल पार्ने षडयन्त्र भयोः मन्त्री अधिकारी
१० मंसिर, पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको वाइडवडी विमान खरिद प्रक्रियाका कोही दोषी देखिए कारबाही गर्ने बताएका छन । सोमबार अाफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम सार्वजनिक कार्यक्रममा वाइडवडी विमान खरिद प्रक्रियामा जोसुकै दोषी ठहर भए पनि उसलार्इ कारबाही हुने बताए ।
मन्त्री अधिकारीले मन्त्रालय, लेखा समितिलगायतबाट विभन्न ढंगले छानविन भैरहेको भन्दै जो दोषी देखिन्छ उ कारबाहीमा पर्ने बताए । उनले वाइड वडी सिधै कम्पनीबाट नभई एजेन्टमार्फत खरिद गरेको पाइएको जानकारी दिए ।
मन्त्री अधिकारीले वाइडवडीको विषय उठाएर नेपाल एयरलाइन्सलाई असफल पार्ने षडयन्त्र भएको दाबी समेत गरे । मन्त्री अधिकारीले वाइड वडी विमान खरिदमा आफू र यो सरकारको संलग्नता नरहेको जिकिर गरे ।
प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार २१:२१