२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

सि.जी ईलेक्ट्रोनिक्सका डिलरहरू थाईल्यान्ड भ्रमणमा

३० चैत, काठमाडाैँ । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि.जी ईलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको थियो ।

बर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु–कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बुद्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको थियो ।

यतिमात्र नभएर सि.जी ईलेक्ट्रोनिक्सले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना वस्न लगायत यातायातको पनि ब्यबस्था गरेको थियो । सि.जी ले बर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरहलाई यस्तो सुनौलो बिदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : April 12, 2024 at 7:52 pm