२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

गोदरेजको नयाँ वर्ष अभियानः ३० हजारसम्मको आकर्षक क्यासब्याक अफर

३० चैत, काठमाडौँ। घरेलु उपकरणको प्रख्यात ब्राण्ड गोदरेजले नयाँ वर्षमा ‘थटफूल न्यू इयर विशेष’नामक अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत ग्राहकहरुले गोदरेजका घरायसी सामानहरु खरिद गर्दा रु.३० हजारसम्मको आकर्षक क्यासब्याक र पक्का उपहारहरु प्राप्त गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत ग्राहकहरुले सिंगल डोर रेफ्रिजरेटर, चेस्ट फ्रिजर, एयर कुलरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरको खरिदमा सिजी फ्राइ प्यान वा क्यासरोल र साइड–बाइ–साइड डोर रेफ्रिजरेटरको खरिदमा सिजी मिक्सर ग्राइन्डर पक्का उपहार प्राप्त गर्न सक्नेछन्।

त्यस्तै ,ग्राहकहरुले ट्वीनटप वा टपलोड वासिङमेसिनको खरिदमा ३ लिटर एरियल र माइक्रोवेभको खरिदमा निःशुल्क कुकिङ किट प्राप्त गर्न सक्नेछन्। यो योजना चैत्र ३०, २०८० बाट सुरु भई नेपाल भर सीमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : April 12, 2024 at 5:40 pm