पर्यटन मजदुरको ज्याला बढाउन माग गर्दै टानको कार्यालयमा तालाबन्दी
१० मंसिर, काठमाडाै । ट्रेकिङ क्षेत्रका पर्यटन ब्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)मा तीन मजदुर संगठनले तालाबन्दी गरिदिएका छन् । यूनिट्राभको नेतृत्वमा नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघले संयुक्तरुपमा तालाबन्दी गरिदिएका हुन् ।
यसैबीच टानका महासचिब आङ पेम्बा शेर्पाले अाफ्ना अधिकारका निम्ति अावाज उठान गरेकामा सम्पूर्ण मजदुर युनियनका नेताहरुलाई धन्यवाद दिएका छन ।
शेर्पाले मजदुरका मागहरु प्रति एकदम सकरात्मक रहेको बताएका छन । उनले अाफूले मजदुरका मागहरु पर्यटन विभाग, पर्यटन बोर्ड र श्रम विभागले सम्बोधन गर्ने साेचेकाेमा तेसाे हुन नसकेकाे बताएका छन । महासचिव शेर्पाले अाफू ट्रेकिङ कम्पनीहरुलाई अप्ठेरो नपर्ने गरी समय सापेक्ष ढंगाले पर्यटन मजदुरहरुको दैनिक ज्याला वृदि गर्न तयार रहेकाे उल्लेख गर्दै वार्ता टोली बनाएर आउन अाग्रह गरेका छन ।
प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार १७:२९