१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

गगन थापाको प्रस्ताव ‘२०४७ पछिका भ्रष्टाचार काण्ड छानविन अघि कानुन संशोधन गराैँ’

२८ चैत, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४७ पछिका भ्रष्टाचार काण्ठ छानविन अघि कानुन संशोधन गर्ने प्रस्ताव गरेका छन । उनले पाँच वर्षपछि भ्रष्टाचारको अनुसन्धान नै नहुने कानुन रहेको भन्दै त्यसमा संशोधन गरेर विक्रम संवत् २०४७ सालपछिका सबै भ्रष्टाचारका काण्ड छानविन गर्ने प्रस्ताव गरेका छन ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका आरोपी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बारेमा संसदीय छानविन समिति गठन नहुँदासम्म संसद चल्न नदिने निर्णय गरेर संदन अबरूद्ध पारेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उसोभए २०४७ सालपछिका सबै भ्रष्टाचारका काण्ड छानविनको माग गरेका थिए । त्यसलगत्तै भिडियो सन्देशबाट महामन्त्री थापाले आफूले यसअघि देखि नै यो विषय उठाउँदै आएको बताउँदै कानुन संशोधनको आवश्यकता रहेको र त्यसका लागि आफूले संशोधनको प्रस्ताव समेत राखेको जानकारी दिए ।

उनले भनेका छन, ‘वि.सं.२०४७ पछाडिका भ्रष्ट्राचारका जति पनि काण्डहरू छन् तिनको निष्पक्ष छानबिन गरौँ र दोषीलाई कारबाही गरौँ भन्ने कुरा निरन्तर राख्दै आएको थियौं । आज रास्वपाका साथीहरूले पनि त्यस्तै कुरा राख्नु भएको कुरा आएको छ।नीतिगत लगायतका सबै भ्रष्टाचारको छानबिन गरौँ।कसरी सम्भव छ त ?’

प्रकाशित मिति : April 10, 2024 at 9:36 am